पूर्वमा रेल चढ्ने रहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वमा रेल चढ्ने रहर

rel chadne rahar

विराटनगर, १ मंसिर । मोरङको विराटनगर–१८ का सदानन्द यादव हालै हस्याङफस्याङ गर्दै नेपाल कस्टम यार्डतिर आए। भारतीय रेल उनकै छेउबाट पूर्वतर्फ हान्नियो। उनले छक्क पर्दै हेरिरहे। पहिलो पटक रेल देख्नेहरू उनीजस्तै हेरेको हेर्‍यै भए। कोही ताली बजाउँदै थिए। कोहीले ‘नेपाल–भारत मित्रता जिन्दावाद’ भन्दै नारा लगाए।

स्थानीय ज्ञानेन्द्र राजवंशीले सदानन्दलाई मुआब्जा कम भयो भनेर विस्मात् नगर्न सुझाए। ‘सरकार मुआब्जा कम देल्के कही के अब विस्मात् मत करिअ, अब देख्वे गाममे रेल कब ऐेते ? ’, उनले मातृभाषामा भने। (अर्थात्, सरकारले दिएको पैसा कम भो भनेर विस्मात् नगर, पर्खौं अब गाउँमा रेल कहिले आउँछ ? )

जग्गा गुमाउनुको पीडा भए पनि रेल कुद्ने कुराले खुसी मिलेको अर्का स्थानीय खटुराम यादवको भनाइ। ‘हामी पनि रेल चढेर हाम्रै देशमा यात्रा गर्न सक्छौं भन्ने आशा पलाएको छ’, उनले भने, ‘टाउको त आयो, अब हामीलाई बोकेर दौडने रेलको पर्खाइ छ। ’ तर, प्रतिकट्ठा ९० हजार मुआब्जा थोरै भएको उनले बताए।

सदानन्दलाई सपना हो कि विपना भन्ने भएको छ। ‘यति चाँडै मेरै खेतबाट रेल कुद्ला भन्ने लागेकै थिएन’, उनले भने, ‘हामीले जग्गा दिएर ठीक गरेछौं। ’ ज्ञानेन्द्रले आफ्नै भूमिमा रेल चढ्न पाइने भन्दै खुसी व्यक्त गरे। स्थानीयले रेल कुदाउन सरकारलाई जग्गा दिए पनि मुआब्जा थोरै पाएको गुनासो गरेका छन्। सदानन्दले १८, ज्ञानेन्द्रले १० कट्ठा र खटुराम दाजुभाइले चार बिघा जग्गा नेपाल रेलवेलाई दिएका छन्। कतिपयको जग्गा एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा परेको छ।

भारतको बथानाहाबाट रेल कात्तिक १८ गते आइतबार अपराह्न नेपाली भूमिमा आएको थियो। रेलको आवाजले सीमावासीको ध्यान खिचेको थियो। विराटनगरको भेडियारीबाट उत्तरतर्फ बनाइएको लिकतर्फ स्थानीयवासी तँछाडमछाड गर्दै रेल हेर्न दौडिएका थिए। उनीहरू विराटनगरको बुधनगर स्टेसनसम्म आएका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);