बक्स अफिस कार्यान्वयनमा अझै अलमल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बक्स अफिस कार्यान्वयनमा अझै अलमल

Boxoffice

काठमाडौं, १ मंसिर । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि ‘बक्स अफिस’को विषयले चर्चा बटुलेको थियो । तर, बक्स अफिस लागू भएको चार महिना पुगिसक्दा पनि अलमल कायमै छ । चलचित्र निर्माताहरू खुसी छैनन् भने चलचित्र विकास बोर्डले पनि त्यस विषयमा नियमित जानकारी दिन सकेको छैन ।

के कति सङ्कलन भएको छ भन्ने राम्रोसँग हेर्न नपाएको गुनासो निर्माताहरूको छ भने अझै कतिपय चलचित्रको इ–टिकटिङ् हुन सकेको छैन । चलचित्र विकास बोर्डले सूचना नै जारी गरेर इ–टिकटिङ गर्न आह्वान गरेपछि अलमल देखिएको हो ।

बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक चलचित्रको निर्माण पक्षले ‘यति कमायो’ भन्ने दाबी कम भएको थियो । तर, केही समय यता पुनः चलचित्रको यति र उति कारोबार भयो भनेर सार्वजनिकरुपमा दाबी हुन थालेको छ । बक्स अफिसले कारोबारलाई तत्कालै पारदर्शी रूपमा देखाउन सक्नुपर्ने हो र त्यसका लागि दाबीको भर नपर्नु पर्ने हो ।

सङ्कलित रकमबारे जानकारी चलचित्र निर्माण पक्ष वा वितरकले दिएको जानकारीका आधारमा सार्वजनिक गरिन्छ । बक्स अफिस सञ्चालक अर्थात् चलचित्र विकास बोर्डले भने सङ्कलित रकम सार्वजनिक गर्ने अनुमति नभएको दाबी गरेको छ ।

चलचित्र ’छक्का पञ्जा ३’ ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको ‘रेकर्ड ब्रेक’ भएको खबर सार्वजनिक ग¥यो । कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमार्फत चलचित्रले १७ दिनमा १६ करोड रुपियाँ कारोबार गरेको जानकारी दिए । तर त्यसका आधिकारिकता भने पुष्टि हुन सकेको छैन । बक्स अफिसले त्यसबारे जानकारी दिएको छैन ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);