किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति

काठमाडौँ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रोपाईँ शुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद सिंहले वागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो ।

Leave a Reply