नरेन्द्र खनाल
काठमाडौं, ३० असोज । नेपालीहरुको महान चाड विजया दशमी एंव दीपावलीको मुखमा नेपाल घुम्न आएका पर्यटकहरुले नेपालीहरु कला र संस्कृतिमा साच्चै धनी भएको बताएका छन् । नेपालीहरु चाडपर्ब मनाउन जुटिरहँदा पर्यटकहरुले यसलाई नेपाली एकताको बलियो पक्ष भएको बताए ।
बिभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरुले केहि दिन देखि काठमाडौंको बिभिन्न स्थानबाट धेरै नेपालीहरु आ आफ्नो गाँउ घर फर्केकोे देखिरहेको बताउदै नेपालीहरुको यो चाड छरिएर बसेका आफ्ना आफन्तलाई भेट गराउने पर्व समेत भएको बताएका छन् ।
नेपालीहरु इमान्दारी र बिश्वासिला भएको बताउदै आफुहरुले अन्य देशका नागरिक भन्दा नेपालीहरु धेरै सहयोगी पनि भएको अनुभब बटुलेको अमेरिकी नागरिक स्टेभ स्टेफीनले बताए ।
दशै र तिहार साच्चै रमाईला पर्वहरु भएको भन्दै अष्ट्रेलियन पर्यटकहरुले नेपालीहरुले अष्ट्रेलियामा पनि दशैमा निधारभरि टिका लगाएर खुसियाली बाडेको देख्दा आफूहरु प्रभाबित हुने गरेको बताए ।
नेपालीहरुको महान चाड बिजया दशमीको महत्व केवल टिका र जमरामा मात्र सिमित छैन। दशैले बिभिन्न कामको लागि टाढा भएका आफन्तलाई समेत भेट गराउने भएकोले यो चाडको बिशेष महत्व रहेको छ।