प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा दसैंको चहलपहल | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा दसैंको चहलपहल

विवश शैजुवाल
बुटवल, २९ असोज । दसैं लागेसंगै प्रदेश–५ को अस्थायी राजधानी बुटवलमा चहल पहल वढेकोे छ । बुटवलका चोक तथा बजारमा अहिले कोही वस कुरेर बसेका भेटिन्छन् त कोही बजारमा किनमेल गर्न व्यस्त छन् ।

बुटवलको पश्चिम नेपाल बस समितीका अनुसार अहिले दैनिक करीब ९० हजार यात्रुहरुले दैनिक यात्रा गरिरहेका छन् । यात्रुहरुलाई समस्यामा नपरोस् भनेर थप ५ सय बस थपिएको पश्चिम नेपाल बस व्यवसायी समितीले जनाएको छ ।

त्यसैगरी, भारतको सीमा क्षेत्र जोडिएको बेलहिया नाकाबाट पनि ठुलो संख्यामा नेपालीहरु दसैं मान्न घर आईरहेका छन् । ठुला झोला, परिवार सहित लामा लस्कर लाएरु नेपालीहरु अहिले नाकामा देखिन्छ

यता, प्रदेश–५, को सरकारले चाडपर्वमा हुने सक्ने सुरक्षा लगायतका व्यवस्था चुस्त दुरुस्त बनाएको छ । प्रदेश सरकार मातहत ४ वाट उच्चस्तरिय समितिहरु गठन गरी सुरक्षा लगायतका व्यवस्था प्रभावकारी बनाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकको भनाई छ ।