सुनको भाउ ६ वर्ष यताकै महँगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सुनको भाउ ६ वर्ष यताकै महँगो

gold and silver

काठमाडौं, २७ असोज । अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो। ‘आज (शुक्रबार) को मूल्य ६ वर्षयताकै महँगो हो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘२०६९ भदौमा प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो।’ उनका अनुसार प्रतितोला ६० हजार भनेको २०६९ भदौ महिनापछिको सबैभन्दा महँगो हो। दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस २७ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको थियो। बिहीबार प्रतिऔंस १ हजार १ सय ९४ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतिआैंस १ हजार २ सय २१ डलर पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकस्मात वृद्धि भएको र त्यसको असर स्थानीय बजारमा परेको शाक्यले बताए।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य गिरावट हुदा सुनको मूल्य बढेको हो। अमेरिकी डलर उच्चतम विन्दुमा पुगिरहेका बेलामा अकस्मात ओरालो लागेर कमजोर बनेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर हुँदै गएको छ। सेयर बजार कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय स्तरका केही कम्पनीको सेयरको मूल्य एक्कासि घटेपछि त्यसले सुनको भाउलाई असर गरेको शाक्यले बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);