१० महिनादेखि जनप्रतिनिधिविहीन मनाङ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

१० महिनादेखि जनप्रतिनिधिविहीन मनाङ

manang

काठमााडौं, २६ असोज । काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधिविहीन छ ।

निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ । मनाङ ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथग्रहण गर्न पाएनन् ।

गत बर्ष मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो । निर्वाचन भएर मतपरिणाम घोषणा भए पनि त्यहाँबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे सपथग्रहण गर्नुअगावै कारागार पुगे । आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);