एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

bidesh yatra

काठमाडौं, २६ असोज । राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् ।
दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । १९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको समाचार आजको नागरिक दैनिकले पृष्ठ २ मा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);