पार्टी एकतालाई उल्टयाउने प्रयास हुँदै छ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पार्टी एकतालाई उल्टयाउने प्रयास हुँदै छ : अध्यक्ष दाहाल

prachanda

काठमाडौं, २० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताएका छन् । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट चर्को आलोचना भईरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने योजना अघि सारेका हुन् ।

शनिबार दसैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ‘गियर बदल्दै गाडीको गति दिए जसरी नै सरकारको काममा गति दिने बताए । उनले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि स्मरण गराए।

अध्यक्ष दाहालले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी पनि दिए । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दावी पनि गरे ।

अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भईरहेको भन्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);