काठमाडौं, १७ असोज ।आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा पुरा गर्यो ।
नेपालका लागि करण केसीले अविजित १४ रन जोड्दै नेपाललाई सहज जित दिलाए । यस्तै नेपालका अनिल कुमार साहले ११ रन जोड्दा बिनोद भण्डारी १ रनमा अविजित रहे । म्यानमारका पियाङ डानु र साई वाईले एक एक विकेट लिए ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा अलआउट हुँदै २९ रनमा समेटियो । नेपालका लागि सन्दीप लामिछानेले, ४ विकेट ललित राजवंशीले ३, करण केसी र ललितसिंह भण्डारीले १-१ विकेट लिएका छन् ।




