पुँजीवाद सबै मिलेर अन्त्य गर्नुपर्छ : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पुँजीवाद सबै मिलेर अन्त्य गर्नुपर्छ : गृहमन्त्री थापा

ram bahadur thapa

बुटवल, १४ असोज । गृहमन्त्री रामबहादुर थापाले कर्मचारी प्रशासन, अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भएको आरोप लगाएका छन् ।

गृह मन्त्रालयले रुपन्देहीको बुटवलमा आईतबार आयोजना गरेको लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले ब्युरोक्रेसी, अदालत, राजनीतिक दल, व्यवसायी, दलाल पुँजीवाद सबै मिलेर अन्त्य गर्नूपर्ने समेत बताए । उनले राज्यलाई ठग्ने ठेकेदार, म्यानपावर व्यवसायी, काम नगर्ने इन्जिनियर र भ्रष्ट कर्मचारी सबै जनताका शत्रु भएको समेत बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द खनालले ७ प्रतिशत अपराध, मदिरा सेवनका कारण हुने गरेको जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);