राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन

madhavprasad

काठमाडौं, १३ असोज । काठमाडाैं महानगरपालिकाले राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन गरेको छ । काठमाडौं महानगरपालिकाले शनिबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी राष्ट्रकविलाई अभिनन्दन गरेको हो ।

महानगरबासीको तर्फबाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेका हुन् । उनको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपतिनाथ मन्दिरको मुर्ति लगायत उपहार प्रदान गरेको थियो ।

अभिनन्दन अघि उनलाई निवास देखि राष्ट्रिय सभागृहस्थल सम्म लावा लस्कर, बाजा गाजा र झाँकी सहित घोडाबग्गीमा राखेर रथारोहण सहित नगर परिक्रमा गराईएको थियो ।

रथारोहणका क्रममा घिमिरेको निवास देखि सभागृहसम्म महानायक राजेश हमालले साथमै बसेर राष्ट्रकवि घिमिरेलाई छाता ओढाएका थिए ।

यसअघि उनको केही दिन अघि एक सय औं जन्म दिवस मनाईएको थियो । राष्ट्रिय उत्सवको रुपमा मनाईएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगी शुभकामना दिएका थिए । २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);