भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मंसिर १० गतेकाे निर्वाचनमा मतदान गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मंसिर १० गतेकाे निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले भदौ ५ गते १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले मात्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

 

बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको हो । आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको  आयोगले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

 

सरकारले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचन आगामी मंसिर १० गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । यद्यपी उपप्रधानमन्त्री विजय कुमार गच्छदारले निर्वाचन दुई चरणमा  हुन सक्ने बताउँदै आएका छन् । सरकारले भदौ ५ गते प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको थियो । आयोगले पनि उक्त दिनलाई आधार मानेर भदौ ५ गतेको मिति कायम गरेको हो ।

 

आयोगले आज जारी गरेको विज्ञप्ती जस्ताको तस्तै :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);