काठमाडौं, १० असोज । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।
गृहमन्त्री थापाले स्थानीय प्रहरीले प्रमाण नष्ट गरेका कारण सो घटनाको अनुसन्धानमा ढिलाई भईरहेको बताए । उहाँले बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो घटनाबारे विस्तृत जानकारी गराउँदै दोषीलाई कानुनको दायरामा ल्याउन सरकारले कठोर कदम चालिरहेको बताए ।
गृहमन्त्री थापाले महिला तथा बालबालिकामाथि हुने बलात्कार, हिंसा लगायतका घटना पूँजीवादले बढाएको बताए । उनले पूँजीवादले महिलाहरुलाई नाफा कमाउने साधनको रुपमा उपयोग गर्ने गरेकाले पनि महिलामाथि बलात्कार लगायतका हिंसाका घटना नेपालमा पनि बढ्न गएको बताए ।
आर्थिक परनिर्भरताका कारण पनि मुलुकमा बालिका तथा महिलामाथि बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गएको गृहमन्त्री थापाको भनाइ छ ।