पाल्पामा प्रति किलो २५ रुपैयाँको दरले शंखेकिरा खरिद गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

पाल्पामा प्रति किलो २५ रुपैयाँको दरले शंखेकिरा खरिद गर्न सुरु

sankhe kira

प्रकाश नेपाल
पाल्पा, ९ असोज
। पाल्पाको रामपुर नगरपालिकाले शंखेकिरा खरिद गर्न शुरु गरेको छ । शंखेकिराको प्रकोप बाट कृषकहरुको खेतीबालीमा क्षति पुगेपछि ६ नम्बर वडाले नियन्त्रणको लागि प्रति किलो २५ रुपैयाँको दरले खरिद गर्न सुरु गरेको हो ।

शंखेकिराले कुषकको वालीनाली नष्ट गर्न थालेपछि पाल्पाको रामपुर नगरपालिकाले खरिद गरी व्यवस्थापन कार्य शुरु गरेको छ । जिल्ला स्थित कुषी प्राविधीकको सल्लाहमा नगरपालिकाले प्रतिकिलो २५ रुपैयामा शंखेकिरा धमाधम किनिरहेको हो ।

नगरपालिकाले अहिलेसम्म २ टन भन्दा बढी शंखेकिरा संकलन गरेको छ । गतवर्ष पनि नियन्त्रणका लागि आफ्ना खेत तथा घरबारी वरपरी शंखेकिरा मार्न नुन वितरण गरेको थियो । तर, नुन छर्किदा दुर्गन्ध फैलिनुका साथै व्यवस्थापन नभएकाले खरिद प्रक्रिया शुरु गरी व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

वडाले एक हप्ताको लागि विपद् व्यवस्थापन कोष मार्फत अभियान संञ्चालन गरेको छ । यसबाट कृषकहरु उस्साहित देखिएका छन् ।

रामपुर नगरपालिकाको वडा नं. ६ र ७ का किसानबारी, विजयपुर, बुल्टार, प्याक्लुक, तालपोखरा, तिलकपुर डल्लेचौतारी लगायतका स्थानमा शंखेकिराको प्रकोप बढ्दै गएको छ । वडाले चालेको यस अभियानमा सबै सहभागि हुन नगरपालिकाले आग्रह समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);