महेन्द्रनगरबाट १५ जना जुवाँडे प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महेन्द्रनगरबाट १५ जना जुवाँडे प्रक्राउ

कञ्चनपुर, ९ असोज । कञ्चनपुर प्रहरीले महेन्द्रनगरबाट १५ जना जुवाँडेलाई प्रक्राउ गरेको छ । प्रहरीले गएराती महेन्द्रनगरमा जुवा खेलिरहेकै अवस्थामा छुट्टाछट्टै स्थानबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।

प्रक्राउ परेकाहरु भिमदत्त नगरपालिका–२ उल्टा खामको शान्तिटोल र पाँच बनखेत क्षेत्र लगायतका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक लाख ५२ हजार ९ सय रुपैयाँ नगद समेत बरामद् गरेको छ ।

कञ्चनपुर प्रहरीले केही समय यता देखि मदिरा र जुवातास खेलाईने घर, होटेल, कटेज तथा पसलमा नियमित निगरानी गरिरहेकोे छ । जुवातास खेलेको कतै देखेमा खवर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);