भाडाबृद्धि गरेको बिरोधमा नेपाल बिद्यार्थीसंघद्धारा राजधानीमा चक्काजाम र बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

भाडाबृद्धि गरेको बिरोधमा नेपाल बिद्यार्थीसंघद्धारा राजधानीमा चक्काजाम र बिरोध प्रदर्शन

nebisang

काठमाडौं, ८ असोज । नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयको बिरोध गर्दै काठमाडौंमा चक्काजाम गरेको छ ।

सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो । चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा चक्काजाम गर्नु परेको नेबिसंघले जनाएको छ । वृद्धि गरिएको यातायात भाडा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी संघले दिएको छ ।

नेबिसंघले ६ महिनामा पनि सरकारले जनतालाई सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेको छ । व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तरगत सोमबार देशभरका क्याम्पसको मूलगेट अगाडि १ घण्टा चक्काजाम गरेका हुन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);