उपराष्ट्रपति नन्दबहादुर पुन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए

nanda bdr pun

काठमाडौं, ८ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् ।

उपराष्ट्रपति पुन चीनको ६ दिने औंपचारिक भ्रमण पूरा गरी सोमबार विहान स्वदेश फर्किएका हुन् । उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनँको स्वागतमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुगेका थिए ।

उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’ मा सहभागी हुन चीन गएका थिए । सोही क्रममा उहाँले ‘वान बेल्ट, वान रोड’ सम्बन्धि कार्यक्रममा पनि सहभागी भएका थिए । उपराष्ट्रपति पुनले चीन बसाईँको क्रममा सिचुवानमा संचालित विभिन्न विकास परियोजनाको अवलोकन भ्रमण समेत गरेका थिए । उनँले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग पनि शिष्टाचार भेट गर्नु भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);