काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली राष्टसंघको सभामा सम्बोधन गर्न र अन्य केहि देशको भ्रमणको लागि पनि झन्डै दुई साताको लागी बिदेश भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री बिदेश भ्रमणमा जादा खेरि देशको कुटनितिक समबन्ध अझै मजबुत हुने र नेपाल समृद्द हुनका लागी यस किसिमका भ्रमणहरु साझा भुमि एउटा अपेक्षा गर्दछौ । तर प्रधानमन्त्री समृद्द नेपाल बनाउछौ त्यो पनि हाम्रै पालामा मेरै पालामा भनेर भनिरहदा खेरि यति लामो समय राष्टसंघको सभाको लागी किन उनले छुट्टाए भनेर अर्को आखा बाट पनि हेरिराखिएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दक्षिण छिमेकी मुलुकको भ्रमण गरे ।
त्यहाँ पुगेर भारतले मलाई उच्च प्राथमिकता दियो भनेर उनले अभिब्यक्ती पनि दिए । सँगै उनले चिनको भ्रमण पनि गरे त्यहाँबाट उनि गुपचुप नेपाल फर्किएका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्षहरुको बिदेश भ्रमण त्यसले नेपालको आन्तरिक राजनितिमा पर्ने असर र सरकारको काम गर्ने शैलिको बारेमा केन्द्रित भएर गरिएको कुराकानी । खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको राजनितिक बिष्लेषक डा. सुरेन्द्र केसी सँगको कुराकानी ।