भूकम्प मापन केन्द्रमै 'भूकम्प' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भूकम्प मापन केन्द्रमै ‘भूकम्प’

earth quake

काठमाडौं, ४ असोज । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर अन्य संरचना पुननिर्माण जस्तो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ ।

ज्यादै न्युन जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् । बारपाक भूकम्पपछि केन्द्रका कर्मचारी २४ सै घण्टा खट्न थालेका थिए तर, कामको प्रकृति अनुसार कर्मचारी नियुक्त नहुँदा व्यावहारिक कठिनाई थपिन थालेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् ।

हामी शनिवार पनि भन्न पाउँदैनौँ, न त अन्य सार्वजनिक बिदामा ढुक्क भएर घर बस्ने अवस्था छ, जनशक्ति ज्यादै थोरै भएपछि हरेक दिन आफिस जानैपर्ने बाध्यता छ । उनले भने । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);