लेखा समितिले माग्यो वाइडबडीको कागजात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लेखा समितिले माग्यो वाइडबडीको कागजात

nigam jahag

काठमाडौं, २८ भदौ । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ ।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । निगमले एयरवस ३३० – २०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद गरेको छ । यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो । यो समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);