एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

nepal airlines

काठमाडौँ, १६ भदौ । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औंल्याएर सांसदहरूले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ ।

नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका ती विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवेदन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।

जहाज खरिदलगायत निगमको समग्र व्यवस्थापन र कारोबार अध्ययन गर्न समितिले सत्तापक्षका सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो । निगमले गरेका वाइडबडी, न्यारोबडीलगायत धेरैजसो जहाज खरिदका विषय विवादित बन्दै आएको पृष्ठभूमि उल्लेख गर्दै समितिले यस विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्ने क्षेत्राधिकार उपसमितिलाई दिएको थियो । उपसमितिलाई अध्ययनका लागि सुरुमा एक महिना समय दिए पनि चार पटक म्याद थपेर चार महिना पुर्‍याइएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);