'सैन्य अभ्यास रोकेर सरकारले अपरिपक्व काम गर्‍याे' | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

‘सैन्य अभ्यास रोकेर सरकारले अपरिपक्व काम गर्‍याे’

काठमाडौं, २५ भदौ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा आबद्ध सात देशको शिखर सम्मेलन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सम्मेलनमा भएको भनिएको संयुक्त सैन्य अभ्यासको कुराले नेपाली राजनीतिमा बढी नै चर्चा पायो ।

यस्तो खालको तालिम अथवा अभ्यास गर्न नहुने भन्दै विरोध भएपछि सरकारले यस सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको सरकारले स्पष्टिकरण दिएको छ ।

नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीले सैन्य अभ्यास रोकेर सरकारले अपरिपक्व काम गरेको टिप्पणी गरेका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । बिमस्टेक शिखर सम्मेलनमा भएको भनिएको सैन्य अभ्यास कस्तो हो ? यस्तो तालिम वा अभ्यास रोकिनुले नेपाली सेनालाई कस्तो प्रभाव पार्छ ? यी र यस्तै विषयमा आधारीत रहेर कार्कीसँग गरिएको संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);