जापानमा ६.७ रेक्टरको भूकम्प जाँदा ८ जनाको मृत्यु, सयौ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जापानमा ६.७ रेक्टरको भूकम्प जाँदा ८ जनाको मृत्यु, सयौ घाइते

एजेन्सी, २१ भदौ । जापानको उत्तरी द्धिप होक्काइडोमा बिहीबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् ।

६ दशमलव ७ रेक्टर स्केलको भूकम्पमा परि करीव १ सय २० जना मानिस घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मृतकको संख्या बढ्न सक्ने र ध्वस्त संरचना भित्र पुरिएकाहरुको खोजी कार्य भइरहेकाले अझै जीवित व्यक्तिहरु फेला पर्ने संभावना रहेको अधिकारीले जनाएका छन् ।

जापानमा शक्तिशाली आँधी जस्ता प्राकृतिक विपत्तिको सामना गरिरहेका सर्वसाधरणहरु बिहीबार फेरि अर्को शक्तिशाली भुकम्पको जाँतोमा पिल्सिएका छन् ।

भूकम्पको केन्द्रविन्दु होक्काइडोको मुख्य विमानस्थल भन्दा १६ माइल टाढा चितो सहरमा रहेको छ । भूकम्प प्रभावित होक्काइडोको मुख्य विद्युत संयन्त्र क्षतिग्रस्त भएको जापान सरकारले जनाएको छ ।

प्रधानमन्त्री शिन्जो आबेले भुकम्प प्रभावित क्षेत्रमा २५ हजार सैनिकलाई उद्धार कार्यका लागि परिचालन गरिएको बताएका छन् । ध्वस्त संरचना भित्र पुरिएका मानिसहरुको खोजी कार्यमा विशेष टोलि खटिएका छन् ।

भिडियो हेर्नुहोस्:

पुरिएको भवनभित्र केहि व्यक्तिहरुको जिवितै उद्धार भए पछि अरुपनि व्यक्तिहरु बाँच्ने संभावना बढ्न सक्ने संभावना उद्धारमा संलग्न टोलिले बताएका छन् । हेलिकप्टरबाट छायाङकन गरिएको दृश्यमा होक्काइडोको अत्सुमा शहर नजिकै पहाडी इलाकामा दर्जनौ पहिरो गएको र रुख तथा भवनहरु ढलेका छन् ।

भूकम्पजाँदा ४ पटक धक्का महशुस गरिएको स्थानीय व्यक्तिहरुले बताएका छन् । होक्काइडोको मुख्य विमानस्थल न्यू चिटोस बन्द गरिएको छ । जसबाट २ सय उडान र ४० हजार यात्रुहरु प्रभावित भएको जापानको क्योडो न्युज एजेन्सीले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ५३ लाख व्यक्तिहरु बसोबास गर्दछन् । विद्युत आपुर्ति ठप्प भएपछि अत्यावश्यक सेवाका कामहरु पनि प्रभावित बनेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);