गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै

gaura parba

काठमाडौं, १८ भदौ । आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आजअठवली अर्थात् अष्टमी यस दिन गौराको पूजाआजा गरी मनाउने चलन रहेको छ ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुरमा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउने गर्दछन ।

पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् । गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);