सिरहाको कर्जन्हा नगरपालिकाको डिमा खोलामा पुल बन्न सकेन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सिरहाको कर्जन्हा नगरपालिकाको डिमा खोलामा पुल बन्न सकेन

siraha pul

सिराह , १७ भदौ । नगर प्रमुख र उपप्रमुख वीचको विवादले सिराहाको कर्जन्हा नगरपालिकाको विकास निर्माण अवरुद्ध भएको छ । जनप्रतिनिधिहरु वीच नै  विवाद बढेपछि सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ ।

सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर ७ मा पर्ने डिमा खोलामा भएको पक्की पुल भत्काएर नयाँ पुल बनाउने नगर सभाले निर्णय गरेको थियो । पुल निर्माणको लागि नगर योजनाबाट १० लाख बजेट पनि विनियोजन गरिएको थियो । तर जनप्रतिनिधहरु वीच बढेको विवादले पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा स्थानीयहरुले वर्षामा सास्ती खेप्दै आएका छन् ।

गौताडी–थल्हा जोड्ने सडक खण्डमा पुल निर्माण गर्न योजना अगाडी वढाइए पनि कार्यान्वयन नै हुन सकेन । विवादले पक्की पुल भत्काएर नयाँ पुल बनाउने योजना अलपत्र परेको छ । पहिलेको पुल भएर चारपाङे सवारी साधन आवत जावत हुन्थ्यो । तर अहिले योजना सुरु हुन नसक्दा पैदल आउजाउ गर्न अस्थायी पुल बनाईएको छ । निर्वाचित जनप्रतिनिधि आएपछि विकासको आशा गरेका कर्जन्हाका स्थानीय वासिन्दालाई जनप्रतिनीधि विचको विवादले निराशा भएका छन् ।

पूर्वाधार निर्माणमा जोड दिई सहज आवागमनलाई ध्यान दिनुपर्ने भएतापनि यस प्रकारका विवादले विकासे योजनाहरु अवरुद्ध हुन पुगेको छ । त्यसैले जनप्रतिनिधिहरुले आपसी समझदारी बढाएर विकासको कार्यमा अघि बढ्नु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);