विराटनगर, १६ भदौ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पुरा भएको छ ।
रथ यात्रा व्यवस्थापन समितीले शनिवार माउन्टेन टेलिभिजनसंग कुरा गर्दै रथ यात्राको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । रथयात्रा सोमवार ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुन मन्दिर परिसर पुगेर सामापन गरिने आयोजकले जनाएको छ ।
५१ औं रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गी भारतबाट ल्याईएको छ । त्यसैगरी, रथयात्रा मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने पनि मुल व्यवस्थापन समितिले जनाएको छ ।
त्यसदिन प्रदेश–१ ले मोरङ र सुनसरीमा सार्वजनिक विदा समेत दिएको छ । रथयात्राको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । विराटगरको महत्वपुर्ण पर्वको रुममा चिनिएको रथयात्रा वि.स. १९८८ सालबाट शुरु भएको हो ।