काठमाडौं, १६ भदौ । नेपाल चिकित्सक संघले सरकारले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिता ऐनका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम घाषणा गरेको जनाएको छ
।संघले भदौ १७ गते आइतबार १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको छ । यदि सरकारले माग संवोधन नगरेमा आगामी भदौ १९ गते मंगलबारदेखी आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना कार्य नै बन्द गर्ने निर्णय चिकित्सक संघले गरिएको छ ।
नेपाल चिकित्सक संघक महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका माग सम्बोधन नभएसम्म बन्द गर्ने बताइएको छ ।