काठमाडौं, १६ भदौ । योग तथा अध्यात्म साधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी लगातार ९० घण्टा प्रवचन दिएर विश्वकीर्तिमान कायम गरेका छन्। केसीले नेपाली समयअनुसार भदौ ११ गते बिहान ६ बजेदेखि १४ गते राति १२ बजेसम्म निरन्तर ९० घण्टा २ मिनेट प्रवचन दिएपछि बेलायतबाट आएका गिनिज बुक प्रतिनिधिले विश्वकीर्तिमान कायम भएको घोषणा गरेका थिए।
गिनिज बुकका प्रतिनिधि स्वप्निल डाङगारीकारले केसीलाई सोही रात विश्वमै सबै भन्दा लामो भाषण दिने व्यक्तिका रूपमा प्रमाणपत्र दिएका थिए। केसीले विश्वकीर्तिमानका लागि जोरपाटीको एक स्कुलमा लगातार भाषण दिएका थिए।
केसीले १२ वटा शीर्षकअन्तर्गत योगसाधना, अध्यात्म, अटोबायोग्राफी, जीवन दर्शन, महाभारत कथा, तनाव व्यवस्थापन, मेमोरी एन्ड माइन्ड, राइट एक्सन लगायत विषयमा बोलेका थिए। लगातार ८० घण्टा बोलेर विश्वकीर्तिमान कायम गर्ने उनको प्रयास प्राविधिक त्रुटिका कारण गत वर्ष पूरा भएको थिएन।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




