काम नगर्ने, ठेक्का पाइरहने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काम नगर्ने, ठेक्का पाइरहने

pappu construction

काठमाडौं, १६ भदौ । कामै नगर्ने । गरे पनि आंशिक र गुणस्तरहीन । तैपनि संघीय संसदका सांसदसमेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरू फेला परेका छन्  ।

राजनीतिक आडमा रौनियारले तराईरमधेसका मात्र होइन, राजधानी काठमाडौं र अन्यत्र पनि ठूला आकारका ठेक्का लिई काम अड्काउने र भुक्तानी भने लिन भ्याएको देखिन्छ । सुरुमा कांग्रेसको राजनीति गरेका उनी पछिल्लो समय संघीय समाजवादी फोरमबाट केन्द्रमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

तीनकुनेस्थित वागमती नदीमाथिको पुल गत असारमै बनिसक्नुपर्ने हो तर अहिलेसम्म २० प्रतिशत काम भएको छैन । पप्पुले २०७१ पुसमा ठेक्का लिएको थियो । नेपालकै नमुनाको पुल बनाउने गरी डिजाइन गरेको पुलको काम त्यसै अलपत्र छ । ‘नेटवर्क आर्च ब्रिज भएकाले डिजाइन गर्नै समय लाग्यो,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘पुल ८५ मिटर लामो छ । एउटै ठेक्कामा तलमाथि गरेर दुईवटा पुल बनाउनुपर्ने हुन्छ ।’ उक्त पुलको लागत २१ करोड रुपैयाँ हो ।

पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक पत्र पठाएर समयमै काम सक्न र निर्माणक्रममा देखिएका समस्या समाधान गर्न आयोजनाले आग्रह गरेको छ । ‘उल्टै समस्या देखाएर पत्र फर्काउने गरेको छ । पप्पुमार्फत निर्माण थालिएका उपत्यकाबाहिरका योजनाको हालत पनि उस्तै छ,’ पुलका आयोजना प्रमुख दीपक केसीले भने ।

पुल महाशाखालाई बोधार्थ दिएर पठाइएका पत्रको कार्यालयमा चाङै लागेको छ । महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पप्पुका संयुक्त र एकल ठेक्का गरी ३१ वटा छन् । तिनमा कतै विवाद आएर रोकिएको त कतै अवधि सकिँदासमेत पूरा भएको छैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);