बागबजारमै सैन्य प्रशिक्षण, सिंहदबार बेखबर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागबजारमै सैन्य प्रशिक्षण, सिंहदबार बेखबर !

biplov sainya abhyas

काठमाडौं, १६ भदौ । ‘सिंहदरबार’ राणाशासकहरूको विलासी निवास हो । राणाशासनको पतनसँगै यो निवास प्रजातान्त्रिक शक्तिको हातमा आयो । सिंहदबारकै नजिकै छ बागबजार । यसलाई निकै जनघनत्वको बजार मानिन्छ । तर मुलुकलाई पुनः युद्धमा धकेल्ने गरी आफ्नै छेउमा भएको सार्वजनिक महत्वको यति प्रशिक्षणबारे सिंहदरबार पत्तो पाउँदैन या पाएर पनि मौन छ ।

विप्लवका जिल्लातहदेखि पोलिटव्युरो स्तका नेता-कार्याकर्तालाई पक्राउ जारी राखिएकै अवस्थामा विप्लव नेतृत्वको नेकपाले भने दुई तिहाईको सिंहदरबारलाई ठाडै चुनौती दिएको छ, आन्तरीक रुपमा फौजी दस्ता तयार पार्ने निती अवलम्वन गरेर ।

सरकारले आफ्नो पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लवसहितका नेतालाई पक्रन सर्कुलर जारी गरेको र प्रवक्तासहित अन्य नेता कार्यकर्तामाथि धरपकड गरी सार्वजनिक अपराध, चन्दालगायतका मुद्दा लगाउन थालिएकाले विद्रोहका लागि फौजि कार्यदिशासहित अघि बढ्ने योजना बनाइएको सो पार्टीका नेता मिसनल बताए ।

संसारमा कतिपय देशमा कम्युनिष्ट सरकारले नै कम्युनिष्टलाई सिध्याएको इतिहास रहेको र आफूहरूमाथि दमन गर्न थालिएकोले विद्रोह गर्नुको विकल्प नरहेको बताउँदै पूरा नाम नभन्ने शर्तमा ती नेताले नेपाल समाचारपत्रसंग भने–‘हाम्रो उद्देश्य एकीकृत जनक्रान्ति हो । यसका लागि बिद्रोह अबश्य हुन्छ । खाली हातले विद्रोह नहुने भएकाले सैन्य दस्ता तयार पार्न लागिएको हो ?’

उक्त पार्टीले संविधानसभा निर्वाचन र नयाँ संविधान लेखन स्थापित भएको वर्तमान राज्यव्यवस्थालाई पनि संसदीय व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्यका लागि अर्काे क्रान्ति अनिवार्य रहेको दावी गरेको छ । त्यसलाई उक्त पार्टीले एकीकृत जनक्रान्ति नाम दिएको छ ।

उक्त पार्टीको दस्तावेजमा शहरबाट गरिने जनविद्रोह वा गाउँबाट गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशामात्र प्रयोग गरेर क्रान्ति सम्पन्न गर्न सम्भव नहुने जिकीर गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशाबारे भनिएको छ –‘तसर्थ क्रान्तिकारीहरुले आजको राजनीतिक विशेषता र अन्तरविरोधहरुलाई पकडेर कार्यदिशाको विकास अनिवार्य रुपले गर्नैपथ्र्यो । हामीले सोही दृष्टिकोण र अध्ययनका आधारमा नेकपा(माओवादी) पुनर्गठन गरेपछि नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौं ।’

आफा्नो पार्टीमा ७५ जना केन्द्रिय सदस्य र १२ लाख संगठित कार्यकर्ता रहेको दावी गरे पनि ती नेताले सैन्य प्रशिक्षण र दस्ता निर्माणबारे सबै कुरा खोल्न चाहेनन् । उनले यति मात्र भने–‘दलाल व्यबस्थाको अन्त्यका लागि जनसेना त चाहिहाल्छ नि ! हामीमाथि दमन बढाइरहने हो भने फेरी छिट्टै क्रान्तिको सुरु हुनसक्छ ।’

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);