सोलु करिडोर प्रसारण लाइन : हजारौं रूख काटिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सोलु करिडोर प्रसारण लाइन : हजारौं रूख काटिँदै

rukh katai

ओखलढुंगा, १६ भदौ । सोलु करिडोर १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सिरहाका दर्जनौं सामुदायिक वनका रूख काटिने भएको छ ।

हालसम्म यकिन लगत संकलन नभए पनि हजारौं रूख काटिने अनुमान छ । साबिकका २२ गाविसका दर्जनौं सामुदायिक वन यसबाट प्रभावित हुनेछन् ।

आयोजनाले उदयपुरको कटारी नगरपालिका क्षेत्रबाट कटान थालिसकेको छ । रूख काटिने क्षेत्रमा सिरहाको साबिक ४ गाविस कर्जन्हा, रामपुर बिर्ता, रामनगर मिर्चैया र फुलबरिया छन् । उदयपुरको त्रिवेणी, कटारी, सिरिसे, सोरुङछविसे, हर्देनी र लेखानी छन् । त्यसैगरी ओखलढुंगाको टोक्सेल, थाक्ले, मानेभञ्ज्याङ, माधवपुर, केत्तुके, सल्लेरी, अँधेरी नारायणस्थान, ओखलढुंगा, वणाएलु र जन्तरखानी छन् । सोलुखुम्बुको केरुङ र तिङला छन् ।

ओखलढुंगाको साबिकका ३ इलाका वनअन्तर्गतका १३ सामुदायिक वन क्षेत्र पर्ने जिल्ला वन अधिकृत वीरेन्द्र साहले बताए । उनका अनुसार ११ वन समूहले आवश्यक निर्णय पनि गरिसकेका छन् । बाँकीले निर्णय गरेलगत्तै कति रूख काटने हो लगत तयार गरिने साहको भनाइ छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);