एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सका खेलहरु आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सका खेलहरु आजबाट सुरु

काठमाडौं, ९ भदौ । शनिबारबाट एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सका खेलहरु सुरु भएका छन् ।  इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा शनिबार बिहान भएको म्याराथनतर्फ नेपालका दुबै खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

म्याराथनमा सहभागी नेपालका खेलाडीद्वय कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले निर्धारित ४२.१९५ किलोमिटरको दुरी पूरा गर्न सकेनन् । बस्नेतले ४० किलोमिटरपछि दौड छोडे भने पार्कीले ३० किलोमिटरमै रेस छाडे ।

एसियन गेम्सको म्याराथनमा जापानका हिरोतो ईनेईले स्वर्ण पदक जिते । उनले निर्धारित दुरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे । समान समयमा दौड सकाएका बहराईनका एल हसन एलाबासी दोस्रो हुँदा चीनका बुएदुओले काँस्य पदक हात पारे ।

२१ खेलाडी सहभागी म्याराथनमा जम्मा १५ खेलाडीले मात्रै दौड पूरा गरेका थिए । एसियन गेम्सको एथ्लेटिक्सतर्फ नेपालका कुल ६ खेलाडी सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);