काठमाडौं, ७ भदौ । परराष्ट्रविद डा. दिनेशचन्द्र भट्टराईले विमस्टेक सार्कको विकल्प हुनै नसक्ने स्पष्ट पारेका छन् । परराष्ट्रविद भट्टराईले विमस्टेक शिखर सम्मेलनलाई नेपालको हितमा उपयोग गर्ने अवसरमा रुपमा लिनुपर्ने बताए । उनले सदस्य राष्ट्रहरुलाई विश्वास लिने गरी विमस्टेक शिखर सम्मेलनको तयारीमा जुट्न सरकारलाई सुझाव दिए ।
यही भदौं १४ र १५ गते काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ । सोही शिखर सम्मेलनका सम्बन्धमा बिहीबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै परराष्ट्रविद भट्टराईले विकास र समृद्धिको हाम्रा प्राथमिकताबारे विमस्टेकका सदस्य राष्ट्रहरुलाई पनि सन्देश दिन सक्नुपर्ने बताए ।
कार्यक्रममा अर्थविद् डा. डिल्लीराज खनालले पनि विमस्टेक शिखर सम्मेलन राष्ट्रहितको हितमा उपयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसैगरी पूर्वसचिव पुरुषोत्तम ओझाले विमस्टेकलाई उपलब्धिमूलक बनाउन सरकारलाई सुझाव दिए ।