महाधिवेशनको २९ महिनापछि बन्यो कांग्रेसको विधान मस्यौदा समिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाधिवेशनको २९ महिनापछि बन्यो कांग्रेसको विधान मस्यौदा समिति

congress

काठमाडौं, ७ भदौ । महाधिवेशनको २९ महिनापछि संघीय संरचनामा जाने गरी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको छ । मुलुकको नयाँ संघीय संरचना अनुसार नेपाली कांग्रेसको संगठनात्मक पुर्नसंरचना गर्न भन्दै सभापति शेरबहादुुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका हुन् ।

संविधान मस्यौदा समितिमा महामन्त्री खड्कासहित केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सिता गुरुङ, प्रदिप पौडेल र रमेश लेखक रहेका छन् ।

समितिलाई सभापतिसँगको परामर्शमा आफ्नो कार्यविधि आफै तयार गर्ने अख्तियारी दिइएको छ । समितिको संयोजकले आवश्यकता अनुसार बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अख्तियारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);