काग्रेस समितिको बैठकले पार्टी भित्रका सबै संरचनासँग सुझाव संकलन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काग्रेस समितिको बैठकले पार्टी भित्रका सबै संरचनासँग सुझाव संकलन गर्ने निर्णय

nepali congress

काठमाडौं, ८ भदौ । नेपाली काग्रेसको बिद्यान मस्यौदा समितिको बैठकले पार्टी भित्रका सबै संरचनासँग सुझाव संकलन गर्ने बताएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको विद्यान मस्यौदा समितिको बैठकले बिभिन्न तहका नेता कार्यकर्ता, भातृ संगठन तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिसँग छलफल गरी विधानको मस्यौदा तयार पर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले पार्टीलाई संघीय संचनामा लैजान १३औं महाधिवेशनको २९ महिना पछि विधान संशोधन गर्न लागेको हो । विधान मस्यौदा समितिको पहिलो बैठकले पार्टीका सबै संरचनासँगको समन्वयमा पार्टीलाई संघीय संरचनामा लैजाने तयारी थालेको हो । बैठकमा समितिका सदस्यहरु मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखकसहित प्रवक्ता विश्वप्रकाश शर्मा पनि सहभागि थिए ।

कांग्रेसको गत बैसाख १६को केन्द्रीय समिति बैठकले भदौं भित्र महासमिति बैठक बोलाउने निर्णय गरेपनि विधान मस्यौदा समितिले काम नगर्दासम्म अनिश्चित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);