विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यासको सिलिण्डर बोकेर ग्यास खोज्दै हिड्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।
मंगलबार विराटनगर महानगरपालिकाको जतुवास्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको गोबरग्यास प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले घरघरमा ग्यास पाइप जोड्ने योजनाको साथ काम गरिरहेको बताए ।
बिश्व बैँकको सहयोगमा बैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा उक्त गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो ।
प्लानबाट अहीले ३२ घरमा पाइपमार्फत बायोग्यास पु-याइएको छ । र थप अरु ४८ घर–घरमा चाँडै नै गोबस ग्याँस प्लान्ट जोड्ने लक्ष्य रहेको गौशालाले जनाएको छ ।