प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिँड्न प्रधानमन्त्रीलाई थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीलाई प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिँडन आग्रह गरेका छन् ।

काँग्रेस सांसद थापाले अन्तरवार्ताहरुमा रमाईला र रोइलो गर्न छोडेर संघीयतालाई सफल बनाउन लागि पर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री सफल र संघीयता असफल बनाउने काममा लाग्न नहुने बताए ।

कसले के भने ?
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले तत्काल वीरगंज चिनी कारखाना स्थापना गर्न सरकारसँग माग गरे । उनले सो चिनी कारखाना स्थापनाका लागि सहकारी संस्थाहरुसँग सहकार्य गर्न पनि सरकारलाई सुझाव दिए ।

काँग्रेस सांसद एवम् उद्योगपति विनोद चौंधरीले मुलुकले नागरिबाट उठाएको करको सदुपयोग गर्न नसकेको बताए । उनले करदाताले धान्न सक्ने करको प्र्रावधान बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी–कोदारीमा तटबन्ध निर्माण गर्न सरकारसँग माग गरे । उनले बाह्विसे–तातोपानी सडकखण्ड सुचारु गराउन पनि सरकारसँग आग्रह गरे ।

सत्तारुढ दलका अर्का सांसद जनार्दन शर्माले जाजरकोट, रुकुमलगायतका जिल्लाहरु पहिरोको चपेटामा परेको उल्लेख गर्दै पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);