पुरानो बसपार्कमा निर्माण गर्न लागिएको 'भ्यू टावर'को काम अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुरानो बसपार्कमा निर्माण गर्न लागिएको ‘भ्यू टावर’को काम अलपत्र

viewtower at buspark

अप्सरा लामिछाने
काठमाडौं, ५ भदौ
। काठमाडौंको पुरानो बसपार्कस्थित भ्यू टावर निर्माणको काम अलपत्र परेको छ । नीजि कम्पनिसँगको साझेदारीमा काठमाडौं महानगरपालिकाले दुई वर्ष अघि सुरु गरेको भ्यू टावर निर्माणको कामले गती लिन सेकेको छैन । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भ्यू टावरको डिपिसीको काम पनि सकिएको छैन ।

काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्राली बीच २०७२ सालको सुरूमै तीन वर्षभित्र बसपार्कमा पिपि मोडलको २९ तले भ्यूटावर निर्माण गरेर सञ्चालनमा ल्याउने सम्झौता भएको थियो । ३ अर्व ५० करोडको लगानीमा निर्माण सुरुवात गरीएको भ्यूूटावरको काम भने अघि बढ्न सकेको छैन । सम्झौताको अवधि सकिनै लाग्दा हाल सम्म डिपीसीको ७५ प्रतिशत मात्र गरिएको छ । महानगरपालीकाले निर्माण कम्पनीको कारण काम अघि बढ्न नसेको दाबी गरेको छ ।

यता काठमाडौ महानगरपालिकाको २८ वडाका स्थानीयले भने सो ठाउँमा भ्यूटावर निर्माण गर्न नहुने माग राख्दै आएका छन् । २९ तले भ्यूटावर निर्माण हुदाँ त्यस नजिकका भवनहरु चर्किने तथा पानीको समस्या हुने भन्दै वडावासीले विरोध जनाएका हुन् ।

निर्माण कम्पनीले भने काम स्थगीत नभएको दाबी गरेको छ । महानगरले निर्माण अवधि ३ वर्ष भनिरहदा कम्पनीले भने ५ वर्षको अवधि भएको र अब ३ वर्ष बाँकि रहेको बताएको छ । निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिका अध्यक्ष मनोजकुमार भेटवालले दुई वर्ष अघिनै सम्झौता भएपनि विविध कारणले निर्माणकार्य ढिलाई भएककाले अबको २ वर्षमा निर्माण कार्य पुरा गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);