विमल जैरु
डडेल्धुरा, ५ भदौ । नेपालको चारधाम मध्येको एक धाम डडेल्धुराको पर्शुराम धामको विकासको लागि सरकारले गुरुयोजना तयार पारेको छ । सो क्षेत्रको विकास भए पर्यटकको आवागमन बढ्ने स्थानियले अपेक्षा गरेका छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिका– ५ परिगाउँको महाकाली नदी किनारमा रहेको पर्शुराम धामको विकासका लागि सरकारले गुरुयोजना बनाएको हो । पर्शुराम धाम नेपालको चारधाम मध्येको एक धाम हो । स्थानीयले धर्मशाला, स्नानघाट, तटवन्ध, सडक लगायत मठ मन्दिर बनाउनु पर्नेमा जोड दिएका छन् ।
पर्शुराम धामको गुरुयोजना अनुसारनै पहिलो चरणमा २० करोड बराबरको टेण्डर आह्वान गरिने नगरपालिकाले जनाएको छ । ७ नम्बर प्रदेशको महत्वपुर्ण धार्मिक स्थल भएकाले गुरुयोजना अनुसार विकास गरेर प्रचार प्रसार गर्ने हो भने आन्तरीक तथा बाह्य पर्यटकको आवागमन बढ्ने सरोकारवाला बताउँछन् ।