विपद व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालन गर्न विज्ञहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

विपद व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालन गर्न विज्ञहरुको सुझाव

bipad bebastahpan

काठमाडौं, ५ भदौ । विज्ञहरुले विपद व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालनमा जोड दिन सरकारलाई सुझाव दिएका छन ।

देशका विभिन्न भागमा बाढि, पहिरो र डुबानको समस्या एकपछि अर्को थपिदै गईरहेका बेला विपद व्यवस्थापन विज्ञ सूर्यबहादुर थापाले विपद् व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनसम्बन्धि अन्तरक्रियामा उनले विपद व्यवस्थापनका लागि जोखिम न्यूनिकरणको संवेदनशीलतामा ध्यान पनि सरकारसँग आग्रह गरे । विज्ञ थापाले विपद् व्यवस्थापनका लागि सबै भूगोलमा आवश्यक विज्ञान र प्रविधिको विकास गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री डाक्टर गंगालाल तुलाधरले विपद व्यवस्थापनका लागि विद्यमान कानुन परिमार्जन गर्नुपर्ने आवश्यक्ता औंल्याए । पूर्व शिक्षामन्त्री तुलाधरले भौगोलिक जटिलताका कारण नेपालमा ठूलाठूला विपद् आउन सक्नेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।