राजनीति गर्ने कर्मचारीलाई कार्बाही गर्ने उद्योगमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजनीति गर्ने कर्मचारीलाई कार्बाही गर्ने उद्योगमन्त्रीको चेतावनी

udhyog mantri

काठमाडौं, ३ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुलाई राजनीति नगर्न सचेत गराएका छन् । आइतबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले काम गर्न छाडेर राजनीतिमा सक्रिय हुने कर्मचारीलाई कार्बाही गर्ने चेतावनी दिएका हुन् ।

नेपाल आयल निगमका कर्मचारी, कर्मचारी कम र नेता बढी भएको भन्दै उनले त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताए । निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भईसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने वा नगर्ने भन्नेमा दुविधा भएको उनको भनाइ छ ।

मन्त्री यादवले नयाँ ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठुलो समस्या देखिएकाले स्थान विशेषका आधारमा रोकतोक लगाउनुको सट्टा नियमनमा बढी चासो राख्न समितिलाई सुझाव दिए ।

बैठकमा आयल निगमका प्रमुख सुशीलकुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने गरी भण्डारण क्षमता विस्तारको तयारी भईरहेको बताए ।

समितिले इन्धन आपुर्ति, इन्धनमा लाग्ने कर, मुल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भईरहेको कामबारे जानकारी लिन सम्बन्धीत मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो ।

बैठकमा समिति सदस्यहरुले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भईरहेका प्रयासबारे जिज्ञासा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);