महाकाली नगरपालिका क्षेत्रका बाढी प्रभावित घर फर्किन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महाकाली नगरपालिका क्षेत्रका बाढी प्रभावित घर फर्किन थाले

badipidit

पुष्कर भट्ट
कञ्चनपुर, ३० साउन । कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका बाढी प्रभावित घर फर्किन थालेका छन् । अन्यत्रै आश्रय लिएर बसेका पीडितहरु वर्षा रोकिएपछि घर फर्किन थालेका हुन् ।

अविरल वर्षापछि आएको बाढी बस्तीमा पेसेपछि कञ्चनपुरको माहाकाली नगरपालिका क्षेत्रमा स्थानीय अन्यत्रै आश्रय लिएर बसेका थिए । बाढीबाट प्रभावित नगरपालिकाको तीनवटा वडाका स्थानीय वर्षा रोकिएपछि घर फर्किन थालेको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ ।

माहाकाली नगरपालिका ८, ९ र १० वडाका स्थानीय प्रभावि भएका हुन् । बाढीले घर नै डुबाएको पीडितहरुले गुनासो गरेका छन् । बाढी पीडितलाई स्थानीय सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बाढीबाट ३० घर परिवारका १ सय ४३ जना विस्थापित भएका थिए । उनीहरुलाई प्रहरीले उद्धार गरेर अम्बिका उच्च माध्यामिक विद्यालयमा राखिएको थियो । पीडितहरु घर फर्किन थालेपनि अझै बाढीको त्रासमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);