इटालीको जेनोअमा रहेको पुल भत्किँदा २६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इटालीको जेनोअमा रहेको पुल भत्किँदा २६ जनाको मृत्यु

itlay

एजेन्सी, ३० साउन । अबीरल बर्षासँगै आएको बाढीले इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको एउटा पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ ।

पुल भत्किँदा १५ जना घाइते भएका छन् भने १२ जना हराइरहेका छन् । ३ सय सुरक्षाकर्मीसँगै केही कुकुरको सहयोगमा उद्धारको प्रयास भैरहेको छ । ठूलो पानी परेपछि पुल भत्किएको हो । पुल भत्किएको बेलामा त्यहाँ रहेका झण्डै ३५ कार र तीन वटा ठूला गाडी नदी, बाटो र केही घरमाथि खसेका बीबीसीले जनाएको छ ।

पुलको बाँकी रहेको भाग पनि भत्किन सक्ने भन्दै उद्दारकर्ताले आसपासका घरहरु खाली गराएका छन् । पुलमा ठूलो चट्याङ समेत परेको र पुलको एउटा पिल्लर ढल्दा दुर्घटना भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);