पाल्पाको तानसेनमा जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पाल्पाको तानसेनमा जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु

jeep accident

पाल्पा, २८ साउन । तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा बलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।आइतबार रोकिराखेको जिप घिस्रिएर दुर्घटना भएको थियो ।

उपचारको क्रममा आज बिहान तानसेन नगरपालिका ६ बतुङकी कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको छ । बगनासकाली गाउँपालिका ३ का ९ महिने बालक निसान बस्यालको उपचारको क्रममा आइतबार नै मृत्यु भएको थियो ।

ग १ च ६७४८ नम्बरको रोकिराखेको पिकअप जीप घिस्रिएर दुर्घटना हुँदा घाइते भएका बगनासकालि गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्याल र नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारी घाइते भएका छन् । घाइतेको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);