पाल्पामा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पाल्पामा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई जना घाइते

सुमन गाहा,
पाल्पा । ­पाल्पा जिल्लाको तानसेन नगरपालिकामा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् ।

तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न।को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।

सडकमा अलकत्रा बिछ्याउने क्रममा अचानक गाडीमा आगो लागेपछि सोही स्थानमा लेवर काम गर्ने दुई जना व्यक्ति घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा लेवर काम गर्दैै आएका ईस्मा गाउँपालिका –२ गुल्मीका २० वर्षीय बासु मुखिया र सोही ठाउँका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका हुन् ।

घाइते मध्ये बासुको अवस्था सामन्य छ भने तेजबहादुरको मध्यम रहेको बताइएको छ । घाईते उनीहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);