कोरोनाको दोस्रो लहरमा धेरै युवायुवती प्रभावित : सामाजिक विकासमन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोनाको दोस्रो लहरमा धेरै युवायुवती प्रभावित : सामाजिक विकासमन्त्री बस्नेत

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोनाको दोस्रो लहरमा धेरै युवायुवती प्रभावित भएको बताएकी छन् ।

मकवानपुर कोभिड हेल्प डेस्कले हेटौंडामा सञ्चालन गरेको पल्पसा आइसोलेसन अनुगमनपछि मन्त्री बस्नेतले दोस्रो चरणमा कोभिड अत्यन्त फैलिएर समस्या भएको बताएकी हुन् । अभावै अभावमा दोस्रो चरण पार गर्ने क्रममा अहिले बागमती प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्टका साथै अन्य सेवाको पहल भएको बताईन् ।

मन्त्री बस्नेतले स्थानीय तह र नागरिक समाजसँग समन्वय गरेर कोरोना परास्त गर्ने अभियान सफल हुँदै गइरहेको दाबी समेत गरिन् ।

यता अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईंले मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा सञ्चालनमा रहेको पल्पसा आइसोलेसन पवित्र कार्य भएको बताए । तीनै तहको समन्वयमा स्वास्थ्य सेवा दिन सके कोरोना सहजै परास्त हुने डाक्टर सेढाईंको भनाई थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघका सरोजकुमार खनालले पल्पसा आइसोलेसनबारे मन्त्री र प्रवक्तालाई ब्रिफिङ गरेका थिए । पल्पसा आइसोलेसनमा हाल २२ कोभिड संक्रमित उपचाररत् छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);