भीषण वर्षापछि आएको बाढीले तराईका विभिन्न जिल्लामा डुवान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भीषण वर्षापछि आएको बाढीले तराईका विभिन्न जिल्लामा डुवान

barsha duban

काठमाडौं, २८ साउन । भीषण वर्षापछि आएको बाढीले महोत्तरीको जलेश्वरस्थित संयुक्त कारागार डुवानमा परेको छ ।महोत्तरी, धनुषा र सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो ।

जिल्लामा गएराति आएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार डुबानमा परेको हो । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी पसेको छ । कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए ।

एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको छ । कारागार क्षेत्र आसपासका अन्य स्थान पनि डुवानमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);