एजेन्सी, २७ साउन । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध नहटाएकोमा उत्तर कोरियाले आपत्ती जनाएको छ । एक वक्तव्य जारी गर्दै उत्तर कोरियाको विदेश मन्त्रालयले सौहार्दपूर्ण वार्ता र व्यवहारको बाबजुत अमेरिकाले प्रतिबन्ध जारी राख्दा दुई मुलुकबीचको सम्बन्धै खतरामा परेको टिप्पणी गरेको छ ।
अमेरीकाले भने उत्तर कोरियाले सहमति विपरित आणविक कार्यक्रमलाई जारी राखेको आरोप लगाउँदै आएको छ । आणविक कार्यक्रम तथा क्षेप्याष्त्र परिक्षणका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाईएको छ । अमेरिकाले पूर्ण आणविक निशस्त्रिकरण उत्तरमाथिको प्रतिबन्ध हटाउने सर्त राखेको छ ।
दक्षिण कोरियाले भने उत्तर कोरियामाथि लगाईएको प्रतिबन्धका बाबजुद कोईला र फलाम निर्यात गर्ने तिन वटा कम्पनी समातिएको दाबी गरेको छ ।