प्रिमियर लिगको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेड विजयी | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

प्रिमियर लिगको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेड विजयी

pogba and shaw

एजेन्सी, २६ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुआत गरेको छ ।

म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै सुखद शुरुआत गरेको हो । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् पल पोग्बाले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अगाडि रहेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ८३ औं मिनेटमा लुक सले गोल गरेपछि २–० ले अग्रता लियो । खेलको ९० औं मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदै छन् । नेपाली समयअनुसार आज साँझ सवा ५ बजे हुने खेलमा न्युकासल युनाइटेड र टोटनह्याम भिड्दै छन् । त्यसैगरी पौने आठ बजे हुने खेलमा वर्नमाउथ र कार्डिफ सिटी, फूलह्याम र क्रिस्टल प्यालेस, हडल्सफिल्ड र चेल्सी तथा वार्टफोर्ड र ब्राइटन भिड्दै छन् । त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा वुल्भर ह्याम्पटन वान्डरर्स र एभर्टन भिड्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);